+
+
Shares

एमयूमा स्ववियु निर्वाचन जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १६:१५

१८ चैत, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान जारी छ ।

दिउँसो साढे ३ बजेसम्म २५ सय ८५ मत खसेको निर्वाचन अधिकृत खगेन्द्र अधिकारीले जानकारी दिए । मतदानका लागि बेलुका ५ बजेसम्म समय तोकिएको छ । ‘अहिलेसम्ममा उत्साह जनक मतदान भइरहेको छ । बेलुका ५ बजेसम्म अन्तिम समय तोकिएको छ,’ उनले भने ।

६ वर्ष पछि हुन लागेको स्ववियु निर्वाचमा ४ हजार ३८३ विद्यार्थीले मतदान गर्दैछन् । लामो समयपछि विद्यार्थीहरू हर्सोल्लासका साथ मतदानमा सरिक भएका छन् । विभिन्न राजनीतिक दलका नेताहरू समेत मतदान स्थलमै सहभागी भएर आ–आफ्नो उम्मेदवारका पक्षमा भोट हाल्न मतदातालाई प्रेरित गरिरहेका छन् ।

स्ववियु निर्वाचनले विश्वविद्यालयमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक मतबाट गरी १९ जनाको कार्यसमिति चयन हुनेछ ।

स्ववियु अध्यक्षमा यसपटक सात भ्रातृ संगठन र एक स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत अधिकारीका अनुसार नेविसंघबाट विवेक खड्का, अनेरास्ववियुबाट जगतजंग शाही, अखिल (क्रान्तिकारी)बाट प्रकाश विक, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट विकल्प वली र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार उम्मेदवार छन् ।

त्यस्तै अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) चीनबहादुर सहकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (हैठी)बाट लेलिनकुमार रेग्मी र स्वतन्त्र उम्मेदवार मिलन बिसीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?