१८ चैत, काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा आगामी वैशाखमा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुँदैछ ।
आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २०८२ वैशाख १८ देखि २२ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा हुने जानकारी दिएको हो । पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल हुन लागेको हो ।
लिगकम नकआउट फर्म्याटमा हुने प्रतियोगिता दुई समूहमा विभाजन गरेर खेलाइनेछ । शीर्ष दुई टिमबीच फाइनल हुनेछ ।
मानविय सेवा गर्ने कम्पनी लायन्स इन्टरनेशनलको स्थापनाको १०७ वर्ष र नेपालमा यसको स्थापना भएको ५३ वर्ष पूरा भएको अवसरमा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्दे उद्देश्यले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल आयोजना गर्न लागेको लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले बताए ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने तेस्रो हुनेले १ लाख ४४ हजार ४४४ पाउनेछ ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले समान ८ हजार ४४४ रुपैयाँ प्रदान प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4