+
+
Shares

संसद्‍को हिउँदे अधिवेशन अन्त्यको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १७:१२
फाइल तस्वीर

१८ चैत, काठमाडौं । सरकारले संसद्‍को हिउँदो अधिवेशन अन्त्यबारे छलफल र परामर्श गरेको छ । सदनको नेतृत्वसँग सरकारले संवाद गरेको छ ।

आज सोमबार मन्त्रिपरिषद्‍को बैठक बस्दैछ । केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकमा संसद्‍को हिउँदे अधिवेशन अन्त्यबारे छलफल र निर्णय हुने सम्भावना रहेको एक मन्त्रीले बताए ।

‘बजेट अधिवेशनका लागि समेत चालु अधिवेशन अन्त्य गर्ने बेला हुन लाग्यो । तर, कुन दिनदेखि अधिवेशन अन्त्य गर्ने भनेर ठ्याक्कै तय भएको भने छैन,’ ती मन्त्रीले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्ड प्रस्थान गर्दैछन् । सभामुख देवराज घिमिरे पनि अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५०औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदैछन् ।

सभामुख घिमिरे नेतृत्वको ९ सदस्यीय टोली २२ चैतमा त्यसतर्फ प्रस्थान गर्ने तय भएको छ । उक्त टोली आगामी २ वैशाखमा मात्र स्वदेश फर्किनेछ ।

संघीय संसद्‍को चालु अधिवेशन गत १८ माघमा सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?