+
+
Shares

दुर्गा प्रसाईंका अर्का सहयोगी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १९:०९

१८ चैत, काठमाडौं । तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका अर्का एक सहयोगी देवी संग्रौला पक्राउ गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भैंसेपाटीबाट पक्राउ गरेको हो ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा अराजक गतिविधि गर्नेहरू पक्राउ पर्ने क्रम जारी छ ।

सो क्रममा संग्रौलालाई प्रहरीले पक्राउ गरेको हो ।

यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?