+
+
Shares

नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

कोषका कार्यकारी निर्देशक कार्कीले उपदानको उचित व्यवस्थापन एवं सञ्चालन गर्ने र सहभागीलाई उचित प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १२:०४

१९ चैत, काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया र कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले हस्ताक्षर गरे ।

उक्त अवसरमा उपकुलपति थपलियाले शिक्षक तथा कर्मचारीको उपदान सञ्चालन एवं व्यवस्थापन कोषलाई दिन पाएकोमा खुसी व्यक्त गरे ।

कोषका कार्यकारी निर्देशक कार्कीले उपदानको उचित व्यवस्थापन एवं सञ्चालन गर्ने र सहभागीलाई उचित प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच सानिगाड हाइड्रो लिमिटेडको प्रतिकित्ता १ सय रुपैयाँ अंकित ८५ लाख ५० हजार कित्ताको ८५ करोड ५० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

सम्झौतामा कोषको कार्यकारी निर्देशक कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

योसँगै कोषले कालंगा हाइड्रो लिमिटेडको प्रति कित्ता एक सय रुपैयाँ अंकित ४९ लाख कित्ताको उनानचास करोड रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा कोषको कार्यकारी निर्देशक कार्की र लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?