
१९ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका चुडामणि चापागाईं मंगलबार नेप्से कार्यालय पुगेका छन् ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । नियुक्तिपछि मंगलबार नै अर्थमन्त्रालयमा राजस्व सचिव दिनेशकुमार घिमिरेले नियुक्ति पत्र प्रदान गरे । नियुक्ति पत्र बुझेपछि नेप्से पुगेका चापागाईंलाई कर्मचारीले स्वागत गरेका थिए ।
उनले भोलिदेखि मात्रै औपचारिक रुपमा कार्यभार सम्हाल्ने नेप्सेका एक अधिकारीले जानकारी दिए ।
झापाका चापागाईंसँग लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आवद्ध भएर काम गरेको अनुभव छ । यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन ।
पर्यटन व्यवसायी समेत रहेका लुइँटेलको नाम सिफारिस हुँदा आलोचना हुन सक्ने भएपछि मन्त्रिपरिषदले पुनः अर्को नाम नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहँदै आएको थियो ।
प्रतिक्रिया 4