+
+
Shares

निसानले ५ सिटे ‘कम्प्याक्ट एसयूभी’ र नयाँ ७ सिटे ‘बी–एमपीभी’ सार्वजनिक गर्ने

जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रडक्ट शोकेस इभेन्ट’ मा निसानले भारतका लागि लक्षित दुई नयाँ उत्पादन प्रदर्शन समेत गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १८:०६

काठमाडौं । निसान मोटर इन्डियाले आफ्नो हालको प्रडक्ट–लाइनअपमा नयाँ ७ सिट क्षमतायुक्त ‘बी–एमपीभी’ थप्ने घोषणा गरेको छ ।

हालै जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रडक्ट शोकेस इभेन्ट’ मा निसानले भारतका लागि लक्षित दुई नयाँ उत्पादन प्रदर्शन समेत गरेको थियो ।

यो घोषणा निसानको भारत बजारका लागि लक्षित योजना अनुरूप रहेको र यसले आफ्ना ग्राहकको बढ्दो आकांक्षा अनुसार हालका उत्पादन परिमार्जन गरी प्रस्तुत गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

यस अन्तर्गत परिमार्जित गाडीहरू तीव्र गतिमा वृद्धि भइरहेको बी–एमपीभी, सी–एसयूभी जस्ता सेगमेन्टका साथै नयाँ निसान म्याग्नाइटले नेतृत्व गरेको बी–एसयूभी सेगमेन्टमा पनि उपलब्ध गराइने छ । निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटोकर्पले नेपाली बजारमा पनि यो लाइनअप सार्वजनिक गर्ने घोषणा गरेको छ ।

निसानको नयाँ बी–एमपीभी (मल्टि–पर्पस भेहिकल) को पहिलो पटक विश्वव्यापी सार्वजनिक प्रदर्शनसँगै निसानको ‘प्लान्ड प्रडक्ट–अफेन्सिभ’ रणनीति सुरु भएको छ । बी–एमपीभी निसानको भारतको प्रडक्ट (पोर्टफोलियोमा ब्रान्ड न्यु) सदस्यका रूपमा थपिने छ, जुन सन् २०२५ को आर्थिक वर्षमा सार्वजनिक गरिने छ ।

त्यसपछि पहिले नै घोषणा गरिएको ५ सिट क्षमताको ‘सी–एसयूभी’ (कम्प्याक्ट स्पोर्ट्स युटिलिटी भेहिकल) आर्थिक वर्ष २०२६ सुरुवातमा सार्वजनिक गरिने छ । कम्पनीले दुई नयाँ टिजर सार्वजनिक गरेको छ, जसले दुवै सवारीसाधनको ‘डेभलपमेन्ट र टाइमलाइन’ पुष्टि गर्दछ । बी र सी तथा डी एसयूभी सेगमेन्टका भारतीय ग्राहकका लागि ४ नयाँ उत्पादन सार्वजनिक गर्ने लक्ष्यतर्फ नै निसान मोटर इन्डिया अघि बढिरहेको छ ।

नयाँ सी–एसयूभी निसान पेट्रोलको डिजाइनबाट प्रेरित छ । यो सी–एसयूभीले प्रतिष्ठित निसान एसयूभीको डीएनए प्रस्तुत गर्दै निसानको विश्वव्यापी रूपमा परिचित उच्च विश्वसनीयता, प्रिमियम निर्माणशैली र अत्याधुनिक प्रविधि प्रदान गर्ने छ ।

अर्कातर्फ, निसानको बी–एमपीभीले आफ्नो खरिदमा अधितकम लाभ खोज्ने ग्राहकलाई उत्कृष्ट मूल्यमा उत्कृष्ट फाइदा, गुणस्तर र सहजता प्रदान गर्ने छ ।

निसानको बी–एमपीभीले निसानको विशिष्ट डिजाइन फिलोसोफीमा पृथक रहेको ‘मस्कुलर स्टाइलिङ’ प्रस्तुत गर्दै सवारीको आनन्दमा सम्झौता नगरी सबै यात्रुका लागि उत्कृष्ट आराम सुनिश्चित हुनेगरी डिजाइन गरिएको छ ।

भारतको वार्षिक आन्तरिक बिक्री र निर्यात १ लाख इकाईको महत्त्वाकांक्षी लक्ष्य हासिल गर्ने दिशामा निसान अघि बढिरहेको छ । यस लक्ष्यलाई साथ दिन कम्पनीले दुवै नयाँ उत्पादन चेन्नइस्थित ‘अलायन्स जेभी प्लान्ट’ मा स्थानीय रूपमा नै उत्पादन गर्ने छ ।

नयाँ निसान म्याग्नाइटको सफलतामा आधारित हुँदै निसानले भारतमै निर्माण गरी विश्वभरि निर्यात गरिने नयाँ सी–एसयूभी पनि प्रस्तुत गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?