+
+
Shares

नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउन पहल गर्नेछु : सीईओ चापागाईं

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १८:१३

१९ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउन पहल गर्ने बताएका छन् । विदेशी रणनीतिक साझेदार भित्र्याउँदा प्राविधिक रुपमा समेत नेप्सेलाई सक्षम गराउन मद्दत पुग्ने उनले बताए ।

त्यस्तै हालको प्रविधिलाई स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकता दिएको उनले बताए । ‘अहिलेको प्रविधिलाई स्तरोन्नति गर्न असहज छैन, प्रविधिलाई चुस्त दुरुस्त बनाउने र कारोबारलाई सहजीकरण गर्न जोड दिनेछु’ अनलाइनखबरसँगको संक्षिप्त कुराकानीका क्रममा उनले भने ।

हरेक संस्थामा संस्थागत सुशासन तथा पारदर्शिता महत्वपूर्ण रहने बताउँदै उनले सबैसँग सहकार्य गर्दै संस्थागत सुशासनमा जोड दिने बताए । त्यस्तै लगानीकर्तामा सचेतना बढाउनुपर्ने कामलाई पनि प्राथमिकता दिने उनले बताए । ‘लगानी सुरक्षा, लगानीकर्ताको हितलाई केन्द्रमा राखेर भूमिका निर्वाह गर्नेछु’ उनले भने ।

पछिल्लो समय नेप्सेको पुर्नसंरचना गर्ने विषय जोडतोडका साथ उठिरहेको छ । नेप्से पुर्नसंरचनाका विषयमा यसअघि भइरहेका प्रयासबारे अध्ययन गरेर अघि बढ्ने उनले बताए ।  धितोपत्र बोर्डले समेत नेप्सेको पुर्नसंरचनाको कार्ययोजना बनाउन एक कार्यदल बनाइसकेको छ । सो कार्यदलले अहिले नेप्से पुर्नसंरचनाको विषयमा अध्ययन गरिरहेको छ । अध्ययनपछि कार्यदलले बोर्डलाई प्रतिवेदन बुझाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?