+

एनएसएल २०२५ : ललितपुर सिटी र पोखरा थण्डर्स पहिलो जितको लक्ष्यमा

२०८१ चैत  २० गते ८:४२ २०८१ चैत २० गते ८:४२
एनएसएल २०२५ : ललितपुर सिटी र पोखरा थण्डर्स पहिलो जितको लक्ष्यमा

२० चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत आज साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।

दुवै टोलीको यो दोस्रो खेल हुनेछ भने पहिलो जित निकाल्ने लक्ष्यमा छन् । यसअघि उद्घाटन खेलमा ललितपुरले काठमाडौंसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो । पोखरा भने आफ्नो पहिलो खेलमा एफसी चितवनसँग २-० ले पराजित भएको थियो ।

साविक विजेता ललितपुर पहिलो खेलमा जितनजिक पुगेर पनि इन्जुरी टाइममा पेनाल्टीमा गोल खाँदा अंक बाँड्न बाध्य भएको थियो । त्यसैले विदेशी र नेपाली खेलाडीमा सन्तुलित रहेको ललितपुर जित निकाल्ने लक्ष्यमा हुनेछ । ललितपुरमा अनन्तसँगै राष्ट्रिय टिमका डिफेण्डर सनिश श्रेष्ठ पनि छन् ।

यस्तै विदेशी खेलाडीहरुमा गोलकिपर जेफ्री बाल्टस, डिफेण्डर पेपे डिएकेटे, मिडफिल्डर जोनाथान कान्टिलाना तथा फरवार्डमा इमोह इवेकेल र पापा इबोउ केबे छन् ।
यस बाहेक नेपाली मिडफिल्डरहरु मणि लामा, नविन लामा, सन्तोष खत्री र सुदिप गुरुङ पनि छन् ।

उता पोखरामा राष्ट्रिय टिमका आयुष घलान छन् । यस्तै मार्कीस युवा फरवार्ड समिर तामाङ पहिलो खेलमै घाइते हुँदै मैदान छाडेका थिए । तर प्रशिक्षक सुमन श्रेष्ठले उनको चोट ठूलो नभएको र चाँडै कमब्याक गर्ने बताएका थिए ।

पोखराले एक दिनको अन्तरपछि नै खेल खेल्दैछ । पोखरामा पनि विदेशी गोलकिपर प्रिसो छन् भने फरवार्डमा जोए आएडु, माइकल चुक्वबुन्ना र स्टेफेन समिर विनोङ छन् ।

ललितपुरको कप्तानी अनन्त तामाङको गर्दैछन् भने पोखराको कप्तानमा नवयुग श्रेष्ठ छन् ।

ललितपुर सिटी एफसी स्क्वाड
गोलकिपर : जेफ्री बाल्टुस*, समित श्रेष्ठ, यती राज गुरुङ
डिफेण्डर : अनन्त तामाङ, सनिश श्रेष्ठ, योगेश गुरुङ, अभिषेक वाइवा, मनोज राई, पवन शाही, पापे डिएकेटे*
मिडफिल्डर : मणि कुमार लामा, सन्तोष खत्री, नविन लामा, सुदिप गुरुङ, आदित्य शाक्य, जोनाथान कान्टिलाना*, पापा इबोउ केबे*, विवेक कुलुङ राई (रुकी), अनमोल भण्डारी (एनआरएन)
फरवार्ड : इमोह इजेकेल*, केरभेन्स बेलफोर्ट*, दिपेश घले, अनिश क्षेत्री

पोखरा थण्डर्स स्क्वाड
गोलकिपर : कृशल मोक्तान, प्रिसो एनजांगा*
डिफेण्डर : पदम भट्टराई, एकराज बुढाथोकी, नरेन्द्र चौधरी,गौरव श्रेष्ठ, सकल रेग्मी, प्रविन कुमार सुनार
मिडफिल्डर : आयुष घलान, सुरज ज्यु ठकुरी, विशाल तामाङ, चन्दन दास, बिएस्सी न्याक्वे*, साइददोस्तोन जाफारोभ*, सुदिल राई (एनआरएन)
फरवार्ड : समिर तामाङ, नवयुग श्रेष्ठ, स्टेफेन समिर बिनोङ*, माइकल इजेजी चुक्वुबुन्ना*, जोए वाइडु*
क्याटेगोरी डी : रोशन भुजेल
रुकी : समिर तन्डुकार

नेपाल सुपर लिग २०२५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय