+

साबा क्लब च्याम्पियनसिप : नेपालको टाइम्स क्लबले श्रीलंकाको क्लबसँगै खेल्दै

२०८१ चैत  २० गते १२:३६ २०८१ चैत २० गते १२:३६
साबा क्लब च्याम्पियनसिप : नेपालको टाइम्स क्लबले श्रीलंकाको क्लबसँगै खेल्दै

२० चैत, काठमाडौं । आजदेखि भारतको चेन्नाईमा सुरु हुने साबा क्लब च्याम्पियनसिप बास्केटबलमा नेपालको टाइम्स बास्केटबल क्लबले श्रीलंकाको कोलोम्बो बास्केटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल चेन्नईको जवाहरलाल नेहरु इन्डोर स्टेडियममा दिउँसो १:३० बजे सुरु हुनेछ ।

पहिलो पटक आयोजना भएको साबा क्लब च्याम्पियनसिप बास्केटबलमा बंगलादेशबाहेक दक्षिण एसियाका ६ राष्ट्रको च्याम्पियन क्लबहरुको सहभागिता रहेको छ ।

नेपालको च्याम्पियन टोलीको रुपमा टाइम्स बास्केटबलले सहभागिता जनाएको छ ।

टाइम्स बास्केटबल टोली : नविन्द्र भण्डारी (कप्तान), सधिश प्रधान, विजय बुर्जा, मनिष केसी, सुरज खड्गी, श्रेयश बहादुर शाही, अदृतबहादुर शाही, कमल थापा, छिरिङ थिन्ले

साबा क्लब च्याम्पियनसिप बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय