+
+
Shares

६० फिट लामो पोस्टर देखेर किन चकित परे राजेश हमाल ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १७:४६

काठमाडौं । फिल्म ‘नरसिंहा अवतार’ले ६० फिट लामो पोस्टर प्रदर्शन गर्दै औपचारिकरुपमा प्रदर्शन मिति घोषणा गर्‍यो । पोस्टर देखेर अभिनेता राजेश हमाल आफै चकित बने ।

जुन फोटोलाई उनले सामाजिक संजालमा समेत सेयर गरेका छन् । आफ्नो फिल्मी करिअरमा यति लामो पोस्टर अहिलेसम्म नदेखेको उनले बताए । निर्माताले फस्टलुक रिलिज कार्यक्रममा यति ठूलो पोस्टर किन बनाए ?

यति लामो पोस्टर फिल्मको टिमले ५ सयभन्दा धेरै विद्यार्थीमाझ मध्य बानेश्वरस्थित ग्लोबल कलेजको अग्लो भवनबाट सार्वजनिक गरेको थियो । अहिले ६० फिट लामो पोस्टरको चर्चा भैरहेको छ ।

हामीले यस्तो पोस्टर भारतीय फिल्मको प्रचारप्रसारमा मात्र देखिरहेका थियौं । आखिर यस्तो किन गर्नुपर्‍यो ? यसबारे निर्माताको आफ्नै खाले जवाफ छ । अभिनेता हमालको ८ वर्षपछिको पुनरागमन भएकाले पनि यो अवसर सेलिब्रेसनको लागि यति ठूलो पोस्टर बनाउनुपरेको निर्माताको भनाइ छ ।

दिवाकर भट्टराइको निर्देशन र पटकथामा तयार भएको फिल्ममा हमालसहित नीर शाह, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, प्रशान्त ताम्राकार, दीपा शाही लगायतको अभिनय छ । दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?