+

साबा क्लब च्याम्पियनसिप : पहिलो खेलमा टाइम्स कोलोम्बोसँग पराजित

२०८१ चैत  २० गते १८:१० २०८१ चैत २० गते १८:१०
साबा क्लब च्याम्पियनसिप : पहिलो खेलमा टाइम्स कोलोम्बोसँग पराजित

२० चैत, काठमाडौं । भारतको चेन्नाईमा आजदेखि सुरु भएको साबा क्लब च्याम्पियनसिप बास्केटबलको पहिलो खेलमा नेपालको टाइम्स बास्केटबल क्लब पराजित भएको छ ।

चेन्नईको जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको खेलमा टाइम्स श्रीलंकाको कोलोम्बो बास्केटबल क्लबसँग ७१-६६ ले पराजित भएको हो ।

पहिलो पटक आयोजना भएको साबा क्लब च्याम्पियनसिप बास्केटबलमा बंगलादेशबाहेक दक्षिण एसियाका ६ राष्ट्रको च्याम्पियन क्लबहरुको सहभागिता रहेको छ ।

नेपालले अब शुक्रबार माल्दिभ्सको ट्रेक्स बास्केटबल क्लबसँग खेल्ने छ ।

साबा क्लब च्याम्पियनसिप बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय