+
+
Shares

काठमाडौंको प्रदूषित हावा आजदेखि कम हुँदै जाने

आईक्यूएयरका अनुसार आज साझसम्म धुम्म भएको काठमाडौं खुल्ने सम्भावना छ । बिहान अत्यधिक प्रदूषित भएको हावा दिउँसो २ बजेदेखि कम हुने पूर्वानुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते ७:०३

२१ चैत, काठमाडौं । केही दिनदेखि अत्यधिक मात्रामा बढेको काठमाडौंको प्रदूषित हावा आजदेखि केही सुधान हुने  अनुमान गरिएको छ ।

पछिल्ला केही दिन काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । बुधबार नै यहाँको प्रदूषित हावाले खतरनाकको तह पार गरेको थियो ।

आज बिहान पनि खतरनाकको तहभन्दा माथि नै छ । आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा ३७० माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।

१५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ ।

आजदेखि भने खतराको तहबाट एक्युआई विस्तारै घट्दै जाने आईक्यूएयरले पूर्वानुमान गरेको छ । अत्यधिक प्रदूषित रहेको भारतको नयाँ दिल्ली र मुम्बइ जस्ता सहरमा प्रदूषण घट्न थालेकोले काठमाडौंमा पनि घट्ने अनुमान गरिएको छ ।

आईक्यूएयरका अनुसार आज साझसम्म धुम्म भएको काठमाडौं खुल्ने सम्भावना छ । बिहान अत्यधिक प्रदूषित भएको हावा दिउँसो २ बजेदेखि कम हुने आईक्यूएयरको पूर्वानुमान छ ।

यता वातावरण विभागले भने काठमाडौंमा प्रदूषित हावा बढेकोले घरबाहिर ननिस्किने भनेको छ। निस्किन परेमा मास्क लगाएर सुरक्षित भएर मात्रै निस्किन अनुरोध गरेको छ । साथै, प्रदूषण बढाउने कार्य नगर्न भनेको छ ।

यस्तो छ आजदेखि  घट्दै जाने पूर्वानुमान –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?