+

हड्डी कमजोर बनाउने रोग ‘अस्टियोपोरोसिस’ के हो ?

२०८१ चैत  २१ गते १७:०४ २०८१ चैत २१ गते १७:०४
Shares
हड्डी कमजोर बनाउने रोग ‘अस्टियोपोरोसिस’ के हो ?

अस्टियोपोरोसिस यस्तो अवस्था हो जसले हड्डीको घनत्व घटाउने, कमजोर बनाउने र हड्डी सजिलै भाँचिने सम्भावना बढाउने गर्छ। यो रोग खासगरी उमेर ढल्केका व्यक्तिहरू, विशेष गरी महिनावारी रोकिएका महिलाहरू, र कमजोर हड्डी भएका व्यक्तिहरूमा देखिन्छ। सही जानकारी, समयमै उपचार र रोकथाम गर्ने उपाय अपनाएर यसबाट बच्न सकिन्छ।

रोगको प्रभाव कस्तो हुन्छ ?

विश्वभर २० करोड मानिसमा यो समस्या रहेको आँकलन गरिएको छ । लाखौं मानिसमा यसको प्रभावले कम्मरको हड्डी भाँचिएर शल्यक्रिया र ज्यान जोखिममा पर्ने गर्दछ। विशेषगरी ५० वर्षपछि हड्डी कमजोर हुन जान्छ र अस्टियोपोरोसिसको सम्भावना बढ्छ।
महिनावारी रोकिएपछि ईस्ट्रोजन हर्मोन घट्ने भएकाले महिलाहरूमा यो समस्या बढी देखिन्छ। हड्डी कमजोर भएकाले सानो चोटपटकले हड्डी भाँचिन सक्छ, विशेषगरी तल्लो ढाड, कम्मर र हिपकाे।

लक्षण कस्ता हुन्छन् ?

अस्टियोपोरोसिसलाई ‘शून्य लक्षण रोग’ पनि भनिन्छ किनभने सुरुवाती चरणमा यसका कुनै स्पष्ट लक्षणहरू देखा पर्दैनन्। यद्यपि, लक्षणहरू देखिन थालेपछि यसले गम्भीर असर पुर्‍याउन सक्छ। केही लक्षणहरू -अचानक ढाड दुख्नु-सानो चोटपटकले पनि हड्डी भाँचिने-उचाइ घट्ने (एक वर्षमा १ इन्चभन्दा बढी घट्ने)-मेरुदण्ड बाङ्गिएर जाने-सामान्य काम गर्न समेत गाह्रो महसुस हुने-शरीर र जोर्नी दुख्ने

कसरी परीक्षण गर्ने ?
-डेक्सा स्क्यान : हड्डीको घनत्व मापन गर्न डेक्सा स्क्यान प्रमुख विधि हो ।

-एक्स-रे : हड्डीहरूको संरचना जाँचका लागि ।

-रक्त परीक्षण र पिसाब परीक्षण : हड्डीको मेटाबोलिजमसम्बन्धी कुनै रोग पत्ता लगाउन ।

-जोखिम मूल्यांकन स्कोर : भाँचिने सम्भावना पत्ता लगाउन प्रयोग गर्ने ।

उपचारका विधिहरू के हुन् ?
अस्टियोपोरोसिसको उपचार जीवनशैलीमा सुधार र औषधी दुवैमा निर्भर गर्दछ ।

-औषधि– बिसफोस्फोनेट्स : हड्डी कमजोर हुने क्रम रोक्न मद्दत गर्ने ।

-डेनोसुमाब : क्याल्सियम हड्डीमा रोक्न मद्दत गर्ने इन्जेक्सन ।

-ईस्ट्रोजन थेरेपी : महिलाहरूका लागि हर्मोन सन्तुलन गर्न उपयोगी।

-क्याल्सियम र भिटामिन डीको पूर्ति

-५००-१,२०० मिलीग्राम क्याल्सियम (दूध, दुग्धजन्य पदार्थ, च्याउ, बदाममा पाइन्छ)।

-नियमित ४००–८०० आईयू भिटामिन डी सप्लिमेन्ट लिन सिफारिस गरिन्छ।

रोकथामका उपायहरू के हुन् ?

अस्टियोपोरोसिसलाई समयमै सही जीवनशैली र खानपानद्वारा रोकथाम गर्न सकिन्छ।

१. सन्तुलित आहार– क्याल्सियम र प्रोटिनयुक्त खाना जस्तै दूध, दही, चीज, तोफु गेडागुडी, काँक्रा र हरियो सागसब्जी

२. भिटामिन डी– बिहानको घाममा बस्नुहोस्– भिटामिन डी को क्याप्सुल लिनुहोस

३. नियमित व्यायाम– व्यायाम र योगाले हड्डी बलियो बनाउँछ।

४. धूम्रपान र मद्यपानबाट टाढा रहनुहोस्– यी बानीले हड्डीको घनत्वलाई कमजोर बनाउँछ।

५. नियमित परीक्षण गर्नुहोस्– विशेष गरी ६५ वर्ष नाघेका व्यक्तिले हड्डीको अवस्था हेर्न डेक्सा स्क्यान नियमित गराउनुपर्छ।

लडेर हुने चोटपटकबाट बच्न के गर्ने ?

विशेष गरी ६५ वर्षमाथिका मानिसको हड्डी कमजोर हुने भएकाले हिँड्दा खेरी लडेमा विशेषतः हिपको जोर्नी भाँच्चिन जान्छ, जसका लागि शल्यक्रिया आवश्यक हुन्छ। शल्यक्रियाका लागि अस्पतालको बसाई, आर्थिक भार एवं यो उमेर समूहमा अन्य रोगहरुले शल्यक्रिया जोखिमयुक्त र बिरामीको मृत्यु हुनसक्छ।

अतः यस उमेर समूहका मानिसले लड्ने सम्भावना कम गर्नुपर्दछ। आफ्नो घरमा निम्न सुरक्षाका उपायहरु अपनाउनु पर्छ।

– बिजुलीका तारहरू राम्ररी मिलाउनुहोस् ताकि हिँड्ने बाटोमा तिनीहरूमा नअल्झिओस् ।

– हिंड्नका लागि सबै मार्गहरू राम्रोसँग उज्यालो बनाउनुहोस् ।

– चिप्लो भुइँ वा अन्य चिप्लिने सतह (जस्तै भिजेको फुटपाथ) प्रति सजग रहनुहोस् ।

– बलियो, आरामदायी र नचिप्लिने खालकाे रबरको तलुवा भएको जुत्ता लगाउनुहोस् ।

– आफ्नो आँखा जाँच गराउनुहोस् ।

– तपाईंले लिने कुनै औषधिले तपाईंलाई रिँगटा लाग्ने वा लड्ने खतरा बढाउँछ कि बढाउँदैन आफ्नो डाक्टर वा नर्ससँग परामर्श गर्नुहोस्।
अन्त्यमा,
अस्टियोपोरोसिस एक गम्भीर तर रोकथाम गर्न मिल्ने रोग हो। सन्तुलित आहार, सक्रिय जीवनशैली र हड्डीको ध्यान राखेर यो रोगलाई धेरै हदसम्म कम गर्न सकिन्छ।

अस्टियोपोरोसिस
डा. सुशील शर्मा
लेखक
डा. सुशील शर्मा
जोर्नी प्रत्यारोपण विशेषज्ञ

डा. सुशील शर्मा जोर्नी प्रत्यारोपण विशेषज्ञ हुन् । उनी हाल निजामती कर्मचारी अस्पताल(सिभिल अस्पताल) मा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल नम्बर  १०३५२ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी कमजोर बनाउने रोग ‘अस्टियोपोरोसिस’ के हो ?

हड्डी कमजोर बनाउने रोग ‘अस्टियोपोरोसिस’ के हो ?

सात सरल योगासन, जसले घटाउँछ पेटको बोसो (भिडियोसहित)

सात सरल योगासन, जसले घटाउँछ पेटको बोसो (भिडियोसहित)

वायु प्रदूषणले खतराको तह नाघ्यो, बढे बिरामी

वायु प्रदूषणले खतराको तह नाघ्यो, बढे बिरामी

३५ वर्ष कटेपछि सन्तानको योजना बनाउँदै हुनुहुन्छ ? यसो गर्नुहोस्

३५ वर्ष कटेपछि सन्तानको योजना बनाउँदै हुनुहुन्छ ? यसो गर्नुहोस्

डा.मिश्राको रिटमा सर्वाेच्च अदालतले दिएन अन्तरिम आदेश

डा.मिश्राको रिटमा सर्वाेच्च अदालतले दिएन अन्तरिम आदेश

मान्छेको जिन नै कम खाने र धेरै हिँड्नुपर्ने खालको छ

मान्छेको जिन नै कम खाने र धेरै हिँड्नुपर्ने खालको छ