+
+
Shares

बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते   

बागलुङमा चैते दशैं मेलाका लागि कोटमैदान जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

रासस रासस
२०८१ चैत २१ गते १४:५६

२१ चैत,  बागलुङ । बागलुङमा चैते दशैं मेलाका लागि कोटमैदान जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

प्रहरीका अनुसार गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग१ज ६१०० नम्बरको जिप दुर्घटना हुँदा गलकोट –११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।

दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

उनका अनुसार जिपमा चारजना सवार थिए । घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए । चैतेदसैँ मेलाका लागि कोटमैदान जाँदै गर्दा जिप दुर्घटनामा परेको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?