+
+
Shares

शान्तिबाटिकादेखि बालुवाटारसम्म सहकारी तथा लघुवित्त पीडितले निकाले र्‍याली (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १६:०८

२१ चैत, काठमाडौं। सहकारी ठगीमा संलग्न व्यक्तिहरूको सम्पत्ति जफत गर्न माग गर्दै सहकारी पीडितहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।

बिहीबार दिउँसो सहकारी पीडितहरूले काठमाडौंको शान्तिबाटिकादेखि बालुवाटारसम्म र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा सहकारी पीडितहरूले ब्यानर, नारासहित प्रदर्शन गर्दै वालुवाटरसम्‍म पुगेका हुन् ।

उनीहरूले प्रहरीले राखेको ‘ब्यारिकेट’ तोड्न खोजेका थिए । यसक्रममा केही सहकारी पीडितको हातमा चोट लागेको छ ।

उनीहरूले सहकारी तथा लघुवित्त संस्थाको खारेजी, ऋण मिनाहा गर्नु पर्ने भन्‍दै माग राखेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?