
२१ चैत, उदयपुर। कटारी नगरपालिका–४ मा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
आज मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–४ को सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सिन्धुलीको दुधौली नगरपालिका–५ घारीथुन्सीका ७१ वर्षीया अम्बर सुनुवारको मृत्यु भएको हो ।
कटारीबाट दुधौली सिन्धुलीतर्फ जाँदै गरेको प्र २–०१–०० ३२ प ५४२२ नम्बरको कटारी–६ गेरुवाका २३ वर्षीया अनन्त मगरले चलाएको मोटरसाइकलले विपरीत दिशाबाट कटारीतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका सुनुवारलाई कटारी अस्पतालमा ल्याइ उपचार गर्ने क्रममा दिउँसो ४:३० बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगार्इंले बताए ।
उपरीक्षक बजगाईंका अनुसार मोटरसाइलमा पछाडि सवार कटारी–५ भुल्केका २२ वर्षीया सरिना मगर सामान्य घाइते भएकामा कटारी अस्पतालमा उपचार गरिएको थियो । मोटरसाइकल चालक मगर र सरिना दुवैलाई प्रहरी कार्यालयमा लिई मोटरसाइकलसहित नियन्त्रणमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4