+

एनएसएल २०२५ :  एफसी चितवन र बुटवल लुम्बिनी भिड्दै

२०८१ चैत  २२ गते ९:२४ २०८१ चैत २२ गते ९:२४
एनएसएल २०२५ :  एफसी चितवन र बुटवल लुम्बिनी भिड्दै

२२ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएस) २०२५ मा आज एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।

पहिलो खेल जितेको चितवनको यो दोस्रो खेल हो भने बुटवल आफ्नो तेस्रो खेल खेल्दैछन् ।

चितवनले यसअघि पोखरा थण्डर्सलाई २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । चितवन जितको लयलाई निरन्तरता दिने लक्ष्यमा छ । राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट मार्की र कप्तान रहेको चितवन यस पटक सन्तुलित टिम बनेको छ ।

उता यसअघि दुई खेलमा जितविहिन रहेको बुटवल पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको बुटवल लुम्बिनी दोस्रो खेलमा ललितपुर सिटीसँग ४-१ ले पराजित भएको थियो । त्यसैले बुटवललाई आजको खेल निकै महत्वपूर्ण हुनेछ ।

झापा विरुद्ध पहिलो खेलमै रातो कार्ड पाएपछि कप्तान एरिक विष्टले ललितपुर विरुद्धको खेल गुमाएका थिए । दोस्रो खेलमा मनिष डाँगीले बुटवलको कप्तानी गरेका थिए । यस्तै पहिलो खेलमा सुरुमै घाइते भएका एडम मिटरले दोस्रो खेल खेलेनन् । यसैगरी दोस्रो खेलमा पहिलो रोजाईँमा खेलेका नाथन माभिलाले चाँडै मैदान छाडेका थिए । ललितपुरसँग हारपछि बुटवलका मुख्य प्रशिक्षक पुष्पालाल शर्माले टिममा चोटको समस्या रहेकोले गाह्रो परेको बताएका थिए । उनले टिमलाई मोटिभेट गर्दै आगामी खेलमा राम्रो प्रदर्शन गर्ने बताएका थिए ।

एनएसएल २०२५ एनएसएल ३.०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय