
२२ चैत, काठमाडौं। जनमत पार्टीले उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक दीपक कुमार साहलाई कारबाही गरेको छ । साहलाई ६ महिना निलम्बन हुने गरी जनमतले कारबाही गरेको छ ।
अनुशासन समितिका उपाध्यक्ष नरेन्द्र चौधरी र सचिव अनिता यादवले पार्टी उपाध्यक्ष साहलाई कारबाहीको पत्र लेखेका हुन् । पार्टीले स्पष्टीकरण माग गरेपछि त्यसको विरुद्धमा हुने गरी सामाजिक सञ्जालमा लेखेको कारबाही पत्रमा उल्लेख गरिएको छ ।
अध्यक्ष डा. सीके राउत विरुद्ध अन्तर्वार्ता दिएको साहलाई हटाउनुको कारण लेखिएको छ । ‘स्पष्टीकरण सोधिएपछि त्यसको जवाफ दिने हो, अरुको प्रश्नको जवाफमा अरु कुरा मिसाएर ब्ल्याकमेलिङ गर्ने होइन,’ कारबाही पत्रमा लेखिएको छ,‘तर, अनुशासन समितिलाई ४८ घण्टे स्पष्टीकरण दिएर धम्काउनुभयो । स्पष्टीकरण सोधेपछि प्रत्यारोप लगाउने होइन, जवाफ दिने हो ।’
साहले उपाध्यक्ष पदमा रहेर जनमतलाई अक्षम्य अपराध गरेको कारणले कारबाही गरिएएको जनाइएको छ । साहलाई कारबाही गर्नुको कारणमा अध्यक्ष राउतको पारिवारिक मामिलाम दखल पुर्याएको उल्लेख गरिएको छ ।
‘पारिवारिक विषय उठाएर कार्यकर्ता र विभिन्न ठाउँका अध्यक्षज्यूहरुलाई हटाउन लबि गर्नु अक्षम्य अपराध हो,’ साहलाई कारबाही गरेको पत्रमा लेखिएको छ ।
हेर्नुहोस् जनमतले कारबाही गरेको पत्र :
प्रतिक्रिया 4