+

सागमा प्रस्तावित खेलका राष्ट्रिय संघहरुसँग एनओसीको जुम बैठक

२०८१ चैत  २२ गते १७:०४ २०८१ चैत २२ गते १७:०४
सागमा प्रस्तावित खेलका राष्ट्रिय संघहरुसँग एनओसीको जुम बैठक

२२ चैत, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले १४ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रस्तावित खेलका राष्ट्रिय संघहरूसँग ‘जुम’ को माध्यमबाट शुक्रबार बैठक सम्पन्न गरेको छ ।

आयोजक पाकिस्तानी ओलम्पिक कमिटीले दक्षिण एसियाली ओलम्पिक कमिटीलाई प्रतियोगितामा प्रस्तावित खेलबारे प्रतिक्रिया मागेको हुनाले यो बैठक बसेको हो ।

एनओसीले भौतिक रूपमै बैठक बस्न चाहेको भएता पनि यस संस्थाको कार्यालयमा सरकारको तर्फबाट प्रहरी राखेर प्रवेश निषेध गरिरहेको स्थिति रहेको हुनाले ‘जुम’ को माध्यमबाट छलफल भएको हो ।

बैठकमा सहभागी विभिन्न राष्ट्रिय संघका प्रतिनिधिहरूले आफ्नो स्पर्धा सम्बन्धमा थप गर्नु पर्ने, मिलाउनु पर्नेबारे विस्तृतमा प्रतिक्रिया दिएका थिए ।

बैठकमा भएको छलफल अनुसार अब एनओसीले आयोजक पाकिस्तानको ओलम्पिक कमिटीलाई प्रतिक्रिया सहितको सुझाव पठाउने भएको छ । त्यसै अनुसार प्रतियोगिताको तयारीका कार्यक्रम अगाडि बढ्नेछ ।

एनओसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय