+

शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते हुने

२०८१ चैत  २२ गते १७:०८ २०८१ चैत २२ गते १७:०८
शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते हुने

२२ चैत, काठमाडौं । नेपाल सितोरियो कराते डो संघको आयोजनामा शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक गोपाल महर्जनले शुक्रबार ललितपुर महानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

पुरुष/महिलमा एकल काता र कुमुतेमा समान ११/११ गरी २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाबाट ३५ टिमको सहभागी हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी गराए ।

पत्रकार सम्मेलनमा बागमती प्रदेशका सांसद् रामकृष्ण चित्रकारले युवा खेलाडीलाई संगठीत गर्न र शहीद प्रति सम्मान व्यक्त गर्न प्रतियोगिता महत्वपूर्ण हुने बताए ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले देशका लागि ज्यान दिने शहीदको सम्झना प्रतियोगिता गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन तथा महालक्ष्मी नगरपालिका र गोदवारी नगरपालिकाको सह–प्रायोजनमा हुने दुईदिने प्रतियोगिताका खेलहरु मंगलबारस्थित आदर्श कन्या निकेतनमा खेलाइने छ ।

शहीद स्मृति कराते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय