+
+
Shares

उपभोग्य अवधि उल्लेख नभएको २३१ किलो आयातित चिया रोक्का

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य लेबलमा उल्लेख गर्नुपर्ने उत्पादन मिति तथा ब्याच नम्बर नभएकाले आयात गर्न नमिल्ने भन्दै उक्त परिमाणको चिया रोक्का गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १७:४४
फाइल तस्वीर

२२ चैत, काठमाडौं । ललितपुरको काभ्या भेन्चर्स प्रालिले भारतबाट आयात गरेर भैरहवा भन्सार नाकामा ल्याएको २ सय ३१ किलो (९कार्टुन) चिया खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रोक्का गरेको छ ।

काभ्या भेन्चर्सले ल्याएको उक्त परिमाणको इन्स्ट्यान्ट चिया विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहिया भैरहवाले जाँच विश्लेषण गर्दा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य लेबलमा उल्लेख गर्नुपर्ने उत्पादन मिति तथा ब्याच नम्बर नभएकाले आयात गर्न नमिल्ने भन्दै रोक्का गरेको हो ।

प्याक गरिएको खाद्य पदार्थमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १९ बमोजिम खाद्य लेबलमा विवरण उल्लेख गरेरमात्र उत्पादन, आयात एवं बिक्री–वितरण गर्न खाद्य व्यवसायीलाई जानकारी गराइएको र नगरे कानुन बमोजिम कारबाही हुने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?