+
+
Shares

ममाथि अन्याय भएको छ, गिरफ्तारी दिंदैछु : रवि

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते २१:१३

२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको बताएका छन् ।

उनलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगिसकेको छ ।

शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।

‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिंदैछु’ लामिछानेले भनेका छन्, ‘ साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढक्याउँछु ।’

उनले आफूमाथि ठूलो अन्याय भएको पनि बताएका छन् ।

‘ममाथि ठूलो अन्याय भएको छ,’ उनले भनेका छन् ।

साथै, भोलि चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्न पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?