+
+
Shares

रास्वपाको जनयात्रा शुभारम्भ सभा स्थगित नहुने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २३ गते ७:२७

२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा शुभारम्भ सभा स्थगित नहुने भएको छ ।

सहकारी ठगीको मुद्दा खेपिरहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि शुक्रबार राति आकस्मिक रुपमा बसेको सचिवालय बैठकले कार्यक्रम स्थगित नगर्ने निर्णय गरेको हो ।

पक्राउ पर्नुअघि सभापति रवि लामिछानेले पनि सभालाई निरन्तरता दिने भनेका थिए । लामिछानेले पार्टीको कारकारबाही बढाउनका लागि कार्यवहाक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएका छन् ।

रास्वपाले आज दिउँसो २ बजे चितवनको भरतपुरमा ‘जनयात्रा’ शुभारम्भ सभालाई आयोजना गरेको छ । यो कार्यक्रमलाई भव्य र सम्भय तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले ससभामा हुने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशनसमेत दिएको छ ।

तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएपछि सभापति लामिछानेलाई राति नै नियन्त्रणमा लिएको छ । उनलाई आज भैरहवा लिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?