+
+
Shares

पाल्पामा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २३ गते ९:१८

२३ चैत, पाल्पा । पाल्पामा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने दुवै पुरुष रहेको प्रहरीले जनाएको ।

एक जनाको आगलागीमा परेर तथा अर्का पुरुषको कालीगण्डकीमा डुबेरर मृत्यु भएको हो ।रिब्दीकोट गाउँपालिका– ७ पालुङ कोर्तुङस्थित पालुङ सामुदायिक जङ्गलमा लागेको आगो निभाउने क्रममा भिरबाट लडेर स्थानीय ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जङ्गलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा सर्तुङ्गे अचानक भिरबाट लडेका थिए । भिरबाट २० मिटर तल आगो लागिरहेको ठाउँमा खसेपछि उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै रम्भा गाउँपालिका –१ बिसमुडे घाटस्थित कालिगण्डकी नदीमा असर्दीका ५२ वर्षीय सञ्जय बोटे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो खोलामा माछा मार्न जान्छु भनी घरबाट हिँडेका उनी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

दुवै घटनाको मृतकका  शवलाई प्रारम्भिक अनुसन्धानपछि पोष्टमार्टम गरी परवारलाई जिम्मा लगाइएको पहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?