+
+
Shares

आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्रीले भने- दुःख नपाए हुन्छ, सरकारले कुरा सुन्छ

देशभरका शिक्षकहरू केही दिनदेखि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित प्रदर्शनमा छन् । शनिबार पनि उनीहरू नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्मको क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २३ गते १४:०५

२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको कुरा सरकारले सुन्ने भन्दै धेरै दुःख नगर्न आग्रह गरेका छन् ।

थाइल्यान्डको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो आग्रह गरेका हुन् ।

‘हामी कुराकानी पनि गर्छौं, सरकारले उहाँहरूको कुरा सुन्छ पनि । न सरकार उहाँहरूको विरोधी हो, न उहाँहरू सरकारको विरोधी हो । यो सबै हामी एउटै हौं,’ प्रधानमन्त्री ओलीले भने, ‘के कति गर्न सकिन्छ भन्ने कुरा परस्परमा कुरा गरेर टुंगिने हो । धेरै उहाँहरूले पनि दुःख नपाए हुन्छ ।’

देशभरका शिक्षकहरू केही दिनदेखि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित प्रदर्शनमा छन् । शनिबार पनि उनीहरू नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्मको क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

यसबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यसअघिका सरकारले शिक्षकको कुरा नसुनेको र अहिले त्यस्तो नहुने बताए ।

अहिलेको सरकारले आफ्ना कुरा सुन्ने देखेपछि नै शिक्षकहरू प्रदर्शनमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘सरकारमाथि विश्वास गरेर उहाँहरू प्रदर्शनमा आउनुभएको छ । नत्र पहिले पहिले प्रदर्शन गर्नुहुन्न थियो यसरी,’ प्रधानमन्त्री ओलीले भने, ‘किनभने प्रदर्शन गर्‍यो गर्‍यो, कानमा बतास लाग्दैन भने किन भन्ने हुन्थ्यो । अहिले चाहिँ आवाज उठाएपछि त्यो सरकारले सुन्छ भन्ने विश्वास उहाँहरू आउनुभएको हो ।’

शिक्षकहरूको समस्या समाधान हुने र लगत्तै उनीहरू फर्कने प्रधानमन्त्री ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?