+

नेपाललाई एक स्वर्णसहित पाँच पदक

२०८१ चैत  २३ गते १५:३१ २०८१ चैत २३ गते १५:३१
नेपाललाई एक स्वर्णसहित पाँच पदक

२४ चैत, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन कराते च्यापियनशिपमा नेपालकी एरिका गुरुङले स्वर्ण पदक जितेकी छन् । नेपालले एक स्वर्णसहित ५ पदक जितेको हो ।

चैत्र २२ गते देखि भएको प्रतियोगितामा एरिकाले ६८ केजी माथि तौल समुहमा स्वर्ण पदक जितेकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै ६७ केजी मुनी सन्तोष श्रेष्ठ, ६१ केजी मुनी सविना श्रेष्ठ, ५५ केजी मुनी पुष्पका लामा र ५० केजी मुनी बर्ष बुढा मगरले कास्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा सहभागी हुने नेपालबाट पाँच जना खेलाडी सहित ९ जनाको टोली अष्ट्रेलियको सिड्नी गएको थियो ।

कराते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय