+
+
Shares

स्वर्णिमसँग रवि : के-के न बित्यो जसरी ल्याए, दालभात खुवाएर राखेका छन्

‘हेर्नुस् न स्वर्णिमजी, हिजो के के न बित्यो भनेर मलाई यहाँ ल्याए,’ लामिछानेको भनाइ उद्धृत गर्दै वाग्लेले भने, ‘अहिले यहाँ दालभात खुवाएर राखेका छन् । आज पनि बिदा भोलि पनि बिदा छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २३ गते १६:४८

२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी सभापति रवि लामिछानेले गएराति जिल्ला प्रहरी परिसर काठमाडौंको बसाइबारे शनिबार आफूलाई जानकारी गराएको बताएका छन् ।

चितवनको भरतपुरमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आज (शनिबार) बिहान भैरहवा लानुअघि रविसँग भेट भएको जानकारी गराए ।

सो भेटका क्रममा लामिछानेले आफूलाई भनेको कुराबारे पनि उनले खुलाए ।

‘आज बिहान जाँदैगर्दा पनि रविजीसँग मेरो कुरा भएको थियो । उहाँले भन्नुभयो– हेर्नुस् न स्वर्णिमजी, हिजो के के न बित्यो भनेर मलाई यहाँ ल्याए,’ लामिछानेको भनाइ उद्धृत गर्दै वाग्लेले भने, ‘अहिले यहाँ दालभात खुवाएर राखेका छन् । आज पनि बिदा भोलि पनि बिदा छ ।’

लामिछानेलाई शुक्रबार साँझ प्रहरीको टोलीले धरपकड गरेर पक्राउ गरेको भन्दै उनले भने, ‘सारा कानुनी राजको धज्जी उठडाइएको छ भन्ने आज प्रमाणित भएको छ ।’

अहिले आफ्नो पार्टीलाई सरकारले प्रहार गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?