काठमाडौं । पोखरा थण्डर्सले नेपाल सुपर लिग २०२५ मा पहिलो जित हात पारेको छ । पोखराले पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सलाई २(० ले हराएर तेस्रो संस्करणमा पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पोखराका लागि स्टेफेन समिर विनोङ र सुदिल राईले एक एक गोल गरे ।
पोखराले दुवै हाफमा एक एक गोल गरेको थियो । स्टेफेन समिरले २५औं मिनेटमा गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा उनै स्टेफेनले पेनाल्टीमा मिस गरे । उनले हानेको पेनाल्टी काठमाडौंका गोलकिपर अभिषेक बरालले बचाए ।
पोखराका लागि सुदिल राईले ५८औं मिनेटमा दोस्रो गोल गरे ।
लगातार दुई हारको यात्रा टुङ्गाउँदै पहिलो जित हात पारेपछि पोखराले ३ खेलबाट ३ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।
काठमाडौं भने लगातार तेस्रो खेलमा जितविहिन बनेको छ । यसअघि दुई खेल बराबरी खेलेको काठमाडौंको यो पहिलो हार हो । ३ खेलबाट २ अंकसहित काठमाडौं छैटौं स्थानमा झरेको छ ।
प्रतिक्रिया 4