+

एनएसएल २०२५ : धनगढी र ललितपुरले अंक बाँडे

२०८१ चैत  २३ गते २०:०७ २०८१ चैत २३ गते २०:०७
एनएसएल २०२५ : धनगढी र ललितपुरले अंक बाँडे

२३ चैत, काठमाडौं । साविक विजेता ललितपुर सिटी र साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिवारभएको दोस्रो खेलमा धनगढी र ललितपुरले गोलरहित बराबरी खेले ।

दुवै टोलीलेल खेलमा गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमै चित्त बुझाएका हुन् ।

ललितपुरको यो दोस्रो बराबरी हो भने धनगढीको पहिलो बराबरी हो । ३ खेलबाट ५ अंक जोडेको ललितपुर दोस्रोमा छ भने २ खेल मात्र खेलेको धनगढी ४ अंकसहित तेस्रोमा छ ।

एनएसएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय