+

तेस्रो रामबृक्ष यादव फ्रिस्टाइल कुस्तीमा आर्मी पहिलो

२०८१ चैत  २३ गते २१:२१ २०८१ चैत २३ गते २१:२१
तेस्रो रामबृक्ष यादव फ्रिस्टाइल कुस्तीमा आर्मी पहिलो

काठमाडौं । नेपाल कुस्ती संघको आयोजनामा तेस्रो रामबृक्ष यादव राष्ट्रिय महिला तथा पुरुष कुश्ती प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगितामा आर्मी क्लबले ६ स्वर्ण, ४ रजत तथा १ कास्य पदक जितेको हो ।

प्रतियोगितमा नेपाल एपिएफ क्लब दोस्रो भएको छ । एपिएफले ३ स्वर्ण, ३ रजत तथा एक कास्य पदक जितेको हो । यसैगरी ३ स्वर्ण, २ रजत तथा दुई कास्य पदकका साथ मधेश प्रदेश तेस्रो भएको छ ।

महिलातर्फ आर्मीकी शुसिला चन्द तथा पुरुष तर्फ मधेशका राज यादव उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताका विजोत टेली तथा खेलाडीलाई गण्डकी प्रदेशका पूर्व सभासद दिपक कोइराला र राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष शिब कोइराला तथा नेपाल कुस्ती संघका अध्यक्ष प्रकास कुमार कुसारीले पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको शनिबार नै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य, अञजन धमला, दिपेन्द्र विष्ट, फुल कन्ट्याक्ट एतिमी क्योकुसिनका भेट्रान खेलाडी प्रदिप थापा, राखेप सदस्य हिमाल श्रेष्ठ र अञ्जना मास्केको उपस्थिति थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ३ विभागीय टोली तथा ४ प्रदेश टोलीका अन्दाजी ९० खेलाडीको सहभागिता थियो ।

रामबृक्ष यादव फ्रिस्टाइल कुस्ती
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय