+
+
Shares

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते ७:००

२४ चैत, अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु मालारानी ४ का हुन्।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।

खनदहतर्फ गइरहेको जिप आज बिहान साढे तीन बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले पाएको थियो । लगत्तै खनदहबाट प्रहरी टोली उद्धारमा खटिएको थियो ।

अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?