२४ चैत, काठमाडौं । नेपाल यू-१९ र अफगानिस्तान यू-१९ क्रिकेट टोलीबीच तीन खेलको यूथ ओडिआई शृंखलाअन्तर्गत आज दोस्रो खेल हुँदैछ ।
मुलपानी क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ ।
नेपालले पहिलो खेलबाट आज तीन परिवर्तन गरेको छ । दयानन्द मण्डल, अमर मिश्रा र अशोक धामी बाहिरिँदा अपराजित पौडेल, दर्श सोनार र दिल्साद अली टोलीमा आएका छन् ।
यसअघि गत बिहीबार भएको पहिलो खेलमा पनि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ३०० रनको योगफल बनाएर खेल जितेको थियो ।
यही महिना नेपालमै हुने आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरूप यस शृंखला हुन लागेको हो । विश्वकप छनोट पनि मुलपानीमै खेलाइने छ ।
उक्त खेलहरू वाइओडिआई (यूथ वान डे इन्टरनेशनल) अर्थात् उमेर समूहको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ ।
नेपाली यू-१९ टोलीले यसअघि दिल्लीसँगको अभ्यास शृंखला खेलेको थियो ।
प्रतिक्रिया 4