+
+
Shares

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १६:३५

२४ चैत, काठमाडौं । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–२ बस्ने ३५ वर्षीय अनिल राई छन् । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाविरुद्ध बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?