+
+
Shares

राजावादी आन्दोलन : पक्राउ पर्ने संख्या ६७ पुग्यो

१५ चैतमा भएको ‘हिंसात्मक’ आन्दोलनमा पक्राउ पर्नेको संख्या ६७ पुगेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १८:२५
फाइल तस्वीर

२४ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा पक्राउ पर्नेको संख्या ६७ पुगेको छ ।

१५ चैतमा भएको ‘हिंसात्मक’ आन्दोलनमा पक्राउ पर्नेको संख्या ६७ पुगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले पक्राउ पर्नेको संख्या ६७ पुगेको बताए ।

प्रहरीले सुरुमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवल शमशेर राणासहित ४१ जनालाई पक्राउ गरेको थियो । त्यसपछि पनि विभिन्न ठाउँहरुबाट थप व्यक्ति प्रहरीले निरन्तर पक्राउ गरेको थियो ।

अहिलेसम्म ६७ जनालाई पक्राउ गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।

यो प्रदर्शनका मुख्य व्यक्ति मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने भने अहिलेसम्म फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?