+

आईसीसी यू-१९ विश्वकप एसिया छनोट खेल्ने यूएईको टोली घोषणा

२०८१ चैत  २४ गते १९:१९ २०८१ चैत २४ गते १९:१९
आईसीसी यू-१९ विश्वकप एसिया छनोट खेल्ने यूएईको टोली घोषणा

२४ चैत, काठमाडौं । आगामी सातादेखि नेपालमा सुरु हुने आईसीसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटका लागि संयुक्त अरब इमिरेट्स (यूएई) टोलीको घोषणा भएको छ । पृथ्वी मधुको कप्तानीमा टोली घोषणा भएको हो ।

टोलीमा पृथ्वीसँगै अक्षत राई, अलियसगर शुम्स, अता उर रहमान मंगाल, अयान मिस्बाह, करण ढिमान, माधव मनोज नायर, मुहम्मद अहमद, मुहम्मद इस्माइल, रायन खान, सालोम डिसुजा, उद्दिश सूरी, यायिन किरण र युग शर्मा छन् ।

टोलीको मुख्य प्रशिक्षक नविद अहमद रहेका छन् भने सहायक प्रशिक्षकको रूपमा जहूर खान रहेका छन् ।

नेपाल, अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी प्रतियोगितामा कुल १० खेल खेलिनेछन् । सिंगल राउण्ड रोबिन लिगपछि शीर्ष स्थान हासिल गर्ने एक टोलीले सन् २०२६ मा जिम्बावे र नामिबियामा संयुक्तरूपमा हुने यु–१९ विश्वकपमा स्थान बनाउने छ ।

प्रतियोगिताका सबै खेलहरू काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानको माथिल्लो र तल्लो मैदानमा सञ्चालन हुनेछन् ।

आईसीसी यू-१९ विश्वकप छनोट यूएई क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय