२५ चैत, काठमाडौं । प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा सिटी र युनाइटेडले बराबरी खेलेका छन् । गएराती युनाइटेडको घरेलु मैदानमा भएको खेलमा गोलरहित बराबरी खेल्दै दुवैले अंक बाँडेका हुन् ।
बराबरीपछि दुवैले समान एक अंक पाएका छन् ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।
बराबरीपछि सिटीले चौथो स्थानमा उक्लने अवसर गुमाएको छ । ३१ खेलबाट ५२ अंकसहित सिटी पाँचौ स्थानमा छ । समान खेलबाट ३८ अंकसहित युनाइटेड १३औं स्थानमा छ ।
प्रतिक्रिया 4