+
+
Shares

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारीमा ढुंगाना

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १३:३५

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी निलम ढुंगानाले पाएकी छिन् ।

वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ । ढुंगाना विगत चार वर्षदेखि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरका रुपमा कार्यरत छिन् ।

त्यसअघि उनले केन्द्रीय बैंकको कार्यकारी निर्देशक, निर्देशकलगायत पदमा २७ वर्ष सेवा गरेकी छन् । उनले भारतको मेवाड विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्रमा विद्यावारिधी गरेकी छन् ।

राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिइसकेका छन् ।

कांग्रेस र एमालेबीच राजनीतिक सहमति नजुटेपछि तत्काल नयाँ गभर्नर नियुक्ति नहुने भएको छ । त्यही भएर अर्थमन्त्री  पौडेलले ढुंगानालाई गभर्नरको जिम्मेवारी सुम्पेको अर्थ स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?