
२५ चैत, काठमाडौं। थारू विद्यार्थी समाजको केन्द्रीय अध्यक्षमा विमल चौधरी निर्वाचित भएका छन् ।
नवलपुरको अमलटारीमा भएको सातौं राष्ट्रिय महाधिवेशनबाट विमलले प्रतिस्पर्धी गीता चौधरीलाई ३३ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
विमलले ८१ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी गीता चौधरीले ४८ मत मात्रै ल्याइन् ।
यस्तै थारू विद्यार्थी समाजले ४ जना उपाध्यक्ष निर्वाचित भएका छन् । जसमध्ये वरिष्ठ उपाध्यक्षमा दिनेश चौधरी (बर्दिया) निर्वाचित भएका छन् भने राजकुमा थनेत (नवलपुर), लक्ष्मी महतो (नवलपुर), सकुन्तला कुमारी चौधरी (सुनसरी) निर्वाचित भएका छन् ।
यस्तै समाजको महासचिवमा चन्द्रप्रकाश चौधरी (सप्तरी) निर्वाचित भएका छन् ।
यस्तै उपमहासचिव (पुरूष)मा अर्नव चौधरी (दाङ) र उपमहासचिव (महिला)मा सोनम चौधरी (सुनसरी) निर्वाचित भएका छन् ।
यस्तै समाजको कोषाअध्यक्षमा सन्दीप चौधरी (नवलपुर) निवर्वाचित भएका छन् ।
प्रतिक्रिया 4