२५ चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगर विभागीय टोली नेपाल एपीएफ क्लबमा अनुबन्ध भएकी छन् । उनी त्रिभुवन आर्मी क्लब छाडेर अर्को विभागीय टोली एपीएफ पुगेकी हुन् ।
विगत ९ वर्षदेखि त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आएकी अन्जनाले अब एपीएफको जर्सीमा फुटबल खेल्नेछिन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टिम तथा एपीएफकी पहिलो रोजाइकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बा हाल ग्रीसमा व्यावसायिक फुटबल खेल्दै छिन् ।
एपीएफले अन्जनालाई करारमा अनुबन्ध गरेको जनाएको छ । एन्जिला ग्रीसमा खेल्दा सावित्री किसनले एपीएफको पोष्ट सम्हालेकी थिइन् ।
प्रतिक्रिया 4