+
+
Shares

नक्सालमा तीन सुरक्षा निकायबीच संयुक्त बैठक

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आह्वान गरेको प्रदर्शनको पूर्वसन्ध्यामा संयुक्त बैठक राखिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १८:०४

२५ चैत, काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले संयुक्त बैठक राखेका छन् ।

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आह्वान गरेको प्रदर्शनको पूर्वसन्ध्यामा संयुक्त बैठक राखिएको हो ।

बैठकमा नेपाल प्रहरी प्रमुख दिपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापासहित तीन वटै सुरक्षा निकायका उच्च अधिकृतहरु सहभागी थिए ।

बैठकमा समसामयिक सुरक्षा अवस्थाबारे छलफल साथै भावी रणनीतिबारे समेत कुराकानी भएको एक अधिकृतले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?