+
+
Shares

विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १८:३८

२५ चैत, काठमाडौं । विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु भएको खुलेको छ । लामो समय गुपचुप रहेको यो विषय करिब एक महिनापछि बाहिर आएको हो ।

विद्युतीय पासोमा परेर मृत्यु हुनेमा गोलबजार नगरपालिका–९ कि १३ वर्षीया गुलसना खातुन छिन् । २९ फागुनमा उनी बिहान ९ बजेतिर घाँस काट्न भन्दै घरबाट निस्केकी थिइन् ।

तर घरमा नफर्केको भन्दै परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा निवेदन दिएका थिए । खोजतलासकै क्रममा ती बालिकाको शव १२ चैतमा गोलबजार–९ मा रहेको घुर्मी खोलामा भेटिएको थियो ।

प्लास्टिकको बोराभित्र कोचिएको अवस्थामा शव फेला परेपछि हत्याको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मधेश प्रदेश प्रहरीको टोली र स्थानीय सिरहाको टोली अनुसन्धानमा खटिएको थियो । अनुसन्धानका क्रममा आइतबार मात्रै प्रहरीले गोलबजार–९ गोविन्दपुरका २४ वर्षीय जनक भनिने बीरबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरको छ । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद समेत लिएर अनुसन्धान अघि बढाइएको सिरहा प्रहरीका प्रवक्ता वीरेन्द्रकुमार पासवनाले बताए ।

प्रहरीका अनुसार सार्कीले थापेको विद्युतीय पासोमा परेर ती बालिकाको मृत्यु भएको पाइएको छ । सार्कीले जनावरबाट मकै जोगाउन भन्दै बारीमा विद्युतीय पासो थापेका थिए । त्यही पासोमा परेर ती बालिकाको मृत्यु भएको पाइएको पासवानले बताए ।

ती बालिका घाँस काट्दै जाने क्रममा मकैबारीमा थापिएको विद्युतीय पासोमा परेको पाइएको छ ।

आफूले थापेको पासोमा परेर बालिकाको मृत्यु भएपछि उनले बोरामा प्याक गरेर शव फालेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?