+
+
Shares

शिक्षकका मागबारे प्रधानमन्त्रीले गरे मन्त्री र सचिवसँग छलफल

आन्दोलनरत शिक्षकहरूको मागका बारेमा प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँग छलफल गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १९:०५

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको मागका बारेमा सोमबार सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् ।

छलफलमा थप गृहकार्य गरी वार्ताको माध्यमबाट शिक्षकका समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासंघको आव्हानमा काठमाडौंमा जारी आन्दोलनमा उठाइएका मागबारे जानकारी गराइएको थियो ।

बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग र गुणस्तरीय शिक्षाको सुनिश्चितता आदि विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित हिमालयन संवादमा प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकहरुको माग सरकारले सम्बोधन गर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकलाई वार्तामा आउन आह्वान गर्दै शिक्षकहरूको जायज माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलनको आवश्यकता नभएको बताएका थिए ।

सोमबार आयोजित हिमालयन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली ।

‘अहिले शिक्षक आन्दोलन चलेको छ । किन चलाउनुभएको मलाइ थाहा भएन । म प्रधानमन्त्री छु । म भनिराख्या छु, जायज माग लिएर कोही आउँदाखेरि आन्दोलन गर्नुपर्दैन हामी त्यसको समाधान दिन्छौँ । हामी त्यसलाई सम्बोधन गर्न तयार छौं । दुःख पाउनुपर्दैन सडकमा गएर सुत्नै पर्दैन । आउनुस् कुराकानी गरेर त्यसलाई समाधान गरौं । उहाँहरूले किन दुःख पाउनुभएको हो ? उहाँहरू कुराकानीका लागि आउनुहोला । हामी यथोचि ढंगले माग सम्बोधन गर्छौं,’ उनले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?