+

दशौँ राष्ट्रिय खेलकुदका लागि ११ उपसमिति गठन

२०८१ चैत  २५ गते १९:०९ २०८१ चैत २५ गते १९:०९
दशौँ राष्ट्रिय खेलकुदका लागि ११ उपसमिति गठन

२५ चैत, काठमाडौं । दशौँ राष्ट्रिय खेलकुदका लागि विभिन्न ११ उपसमिति गठन गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी वर्ष बैशाखमा अन्तिममा कर्णाली प्रदेशमा तय गरिएको दशौं राष्ट्रिय खेलकुदका लागि ११ वटा उपसमिति गठन गरेका छन् ।

खेलकुद मन्त्री चौधरीले चैत २२ गते  संयोजक तोक्दै ११ उपसमिति गठन गरेको जानकारी परिषदका सदस्य सचिवलाई पत्र पठाएका हुन् ।

राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिक २०८१ को परिच्छेद २, दफा १० बमोजिम विषयषत उपसमिमित गठन गरिएको उल्लेख छ ।

विषयगत उपसमिति अन्तर्गत समारोह उपसमितिमा राखेप बवर्ड सदस्य रञ्जना प्रधान संयोजक छिन् भने अर्की बोर्ड सदस्य नन्दा बस्याल सदस्य रहेकी छिन् ।

यस्तै प्राविधिक उपसमितिको संयोजकमा भानबहादुर चन्द र सदस्यमा रामचन्द्र श्रेष्ठ भने स्वास्थ्य उपसमितिको संयोजकमा जगतसिंह धामी, सुरक्षा प्रबन्ध उपसमिति संयोजकमा प्रदेश प्रहरी प्रमुख, प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेशलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी खेल सामाग्री तथा पोशाक व्यवस्थापन उपसमितिमा कमल प्रसाद भट्टराई संयोजक र शान्ति चौधरी सदस्य छन् भने स्रोत परिचालन उपसमितिमा अन्जन धमला संयोजक तोकिएका छन् ।

प्रचार प्रसार उपसमितिमा प्रकाशकुमार कुसारी संयोजक तथा श्रीविक्रम भण्डारी र बिस्न प्रसाद न्यौपाने सदस्य छन् ।

यस बाहेक व्यवस्थापन उपसमितिमा सुवर्ण श्रेष्ठ संयोजक, एन्टी डोपिङ उपसमितिमा असीम भण्डारी संयोजक, अनुसन्धान उपसमितिमा हिमालकुमार श्रेष्ठ संयोजक र पुनरावेदन उपसमिति संयोजकमा अनन्दकुमार झा संयोजक रहेका छन् ।

दशौँ राष्ट्रिय खेलकुद युवा तथा खेलकुद मन्त्रालय राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय