+

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

२०८१ चैत  २६ गते ८:२२ २०८१ चैत २६ गते ८:२२
आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

२६ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेलहरू हुँदैछन् । आज दिउँसो र राति गरेर दुई खेल हुनेछन् ।

आजको पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स खेल्ने छन् । खेल दिउँसो पौने ४ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ ।

यस खेल आइतबारका लागि तय रहेको भएपनि राम नवमीका कारण मैदानमा खटिने प्रहरीको अभाव हुनसक्ने भन्दै आजका लागि सारिएको हो ।

कोलकाता र लखनउ दुवैले ४ खेलमा २ जित र २ हारको नतिजा निकालेका छन् । यी दुवै टिमको हालसम्मको फर्म पनि हार, जित, हार, जित छ ।

४ खेलमा ४ अंक जोडेका यी दुई टोलीहरू अंकतालिकामा बीच भागमा छन् । कोलकाता पाँचौं र लखनउ छैटौं स्थानमा छन् र फरक केवल नेटरनरेटको छ । आजको खेल जित्ने टिमले ५ खेलमा तेस्रो जित निकाल्ने छ ।

आजको अर्को खेलमा पञ्जाब किङ्स र चेन्नई सुपर किङ्स खेल्दै छन् । खेल पञ्जाबको मुल्लानपुरमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

पञ्जाबले ३ खेलमा २ जित निकालेको छ भने चेन्नईले ४ खेलमा १ जित मात्र निकाल्न सकेको छ । सुरुवाती दुई खेल जितेको पञ्जाब तेस्रो खेलमा पराजित भयो ।

चेन्नईले सुरुवाती खेल जितेपछि लगातार ३ खेल हारेको छ । अंकतालिकामा पञ्जाब ३ खेलमा ४ अंक जोडेर चौथो स्थानमा छ भने चेन्नई २ अंकसहित नवौं स्थानमा छ ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय