+

एनएसएल २०२५ : पहिलो जितको खोजीमा पुछारका काठमाडौं र बुटवल भिड्दै

२०८१ चैत  २६ गते ८:३३ २०८१ चैत २६ गते ८:३३
एनएसएल २०२५ : पहिलो जितको खोजीमा पुछारका काठमाडौं र बुटवल भिड्दै

२६ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएएसल) २०२५ मा एक दिन ब्रेक पछि आज फेरि खेलहरू सुरु हुँदैछन् । एनएसएलको ११औं खेलमा आज काठमाडौं रेजर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

दुवै टोली अंक तालिकामा पुछारमा छन् भने अहिलेसम्म तीन खेल खेलिसक्दा जितविहीन छन् । त्यसैले काठमाडौं र बुटवल दुवै टोली अझै पहिलो जितको खोजीमा छ । दुवै टोली खेल जित्दै अंकतालिका सुधार गर्ने लक्ष्यमा छ ।

तीन खेलमा दुई बराबरी र एक हारपछि काठमाडौं २ अंक जोडेर छैटौं स्थानमा छ भने १ अंक मात्र जोडेको बुटवल लुम्बिनी सातौं तथा अन्तिम स्थानमा छ । बुटवलले एक बराबरी खेल्दा दुई खेलमा पराजित भएको थियो ।

काठमाडौं र बुटवल अनी झापा एफसी अहिलेसम्म लिगमा जितविहिन छन् । काठमाडौं र बुटवल मैदान उत्रँदा दुवैको एक मात्र लक्ष्य जित निकाल्नु नै हुनेछ । बराबरी वा हारले दुवैको शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावनामा धक्का लाग्नेछ ।

उद्घाटन खेलमै साविक विजेता ललितपुर सिटी विरुद्ध दुई गोलले पछि पर्दा उत्कृष्ट कम्बयाक गर्दै २-२ को बराबरी खेलेको काठमाडौंले दोस्रो खेलमा झापासँग गोलरहित बराबरी खेलेको थियो । त्यसपछि पोखरा थण्डर्ससँग भने २-० ले पराजित भयो ।

उता बुटवलको प्रदर्शन झन् कमजोर छ । पहिलो खेलमा कप्तान एरिक विष्टले रातो कार्ड पाउँदा पनि झापालाई गोलरहित बराबरीमा रोकेको बुटवल दोस्रो खेलमा धनगढी एफसीसँग ४-१ ले पराजित भएको थियो । तयसपछि एफसी चितवनसँग बुटवल १-० ले पराजित भएको थियो ।

दुवै टोलीमा राम्रा विदेशी खेलाडीहरु रहेपनि सोचे अनुसार प्रदर्शन गर्न सकेका छैनन् । काठमाडौंका दुई विदेशी फरवार्ड अमादोउ डिओप र बुया टुरेबाट जम्मा एक गोल भएको छ । पहिलो खेलमा डिओपले गोल गरेका थिए । यस्तै फ्रेन्च मिडफिल्डर भिनसेन्ट कोजिएलोले पहिलो खेलमा ललितपुर विरुद्ध पेनाल्टीमा गोल गरेका थिए ।

उता बुटवललाई विदेशी र नेपाली खेलाडीको चोटले सताएको छ । पहिलो खेलमै इंग्लिस डिफेण्डर एडम मिटर घाइते हुँदै चाँडै मैदान छाड्न बाध्य भएका थिए । दोस्रो खेल नखेलेका उनी तेस्रो खेलमा मैदान फर्किएर खेलेका थिए ।

यस्तै दोस्रो खेलमा घाइते भएका अर्का डिफेण्डर नाथन माभिलाले पनि तेस्रो खेल खेलेनन् । तेस्रो खेलमा बुटवलका लागि दुई विदेशी खेलाडी मिटर र जापानिस केन्टा होराले मात्र पहिलो रोजाईँमा खेलेका थिए । हाराले मिडपिल्डमा राम्रो प्रदर्शन गरेपनि अफ्रिकन फरवार्ड फिलिपि हजा र इजेकेल तामाराले सोचे अनुसार खेल्न सकेका छैन ।

दुवै टिमको एउटा राम्रो पक्ष भनेको दुवै टिममा नेपाली गोलकिपर छन् र राम्रो प्रदर्शन गरिरहेका छन् । पहिलो खेलमा झापाविरुद्ध उत्कृष्ट बचाउ गरेका बुटवलका किपर दीप कार्की प्लेअर अफ दि म्याच घोषित भएका थिए । यस्तै काठमाडौंका अभिषेक बरालले पनि झापा विरुद्ध बराबरी भएको खेलमा प्लेअर अफ दि म्याच अवार्ड जिते ।

तेस्रो खेलमा दीप कार्कीले चितवन विरुद्ध एक उत्कृष्ट बचाउ गरेका थिए भने अभिषकेले पनि तेस्रो खेलमा पोखरा विरुद्ध राम्रो बचाउ गरेका थिए ।

काठमाडौंले विदेशी गोलकिपर राखेपनि अभिषेकललाई नै विश्वास गर्दै आएका छ । बुटवलले भने सबै नेपाली गोलकिपर मात्र राखेको छ र एनएसएलमा विदेशी गोलकिपर नराख्ने एक्लो टोली हो ।

नेपाल सुपर लिग २०२५

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय