
२६ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपालले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिको सेवा सुविधाबारे सोच्नुपर्ने बताएका छन् ।
मोरङमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले उनीहरु राजनीतिमा फर्किएको खण्डमा सेवा सुविधानबारे फरक ढंकले सोच्नुपर्ने बताएका हुन् । राजनीतिमा नलाग्दा र लाग्दा दिने सुविधा फरक-फरक हुनुपर्ने उनको भनाए छ ।
‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आइसकेपछि त अर्को ढंगले सोच्नुपर्छ’, उनले अघि भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा नलाग्दाखेरी दिने सुविधा र राजनीतिमा लागिसकेपछि दिने सुविधानमा फरक हुनुपर्छ ।’
पछिल्लो समय पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ माओवादी केन्द्रको राजनीतिमा फर्किएको सन्दर्भमा उनले त्यो व्यक्ति र पार्टीमा भर पर्ने बताए । उनले यसै सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा भने, ‘…त्यही भएर मैले राष्ट्रपति पदलाई स्वीकार नगरेको हो । त्यो व्यक्ति र पार्टीमा पनि भर पर्छ ।’
फरक प्रसंगमा अध्यक्ष नेपालले मुलुकमा राजतन्त्रको औचित्य समाप्त भएको बताए । ‘औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ’, पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको बताउँदे उनले भने ।
प्रतिक्रिया 4