+
+
Shares

उपकुलपति बरालको राजीनामा : सनाखत भएको छैन, सम्पर्कमा हुनुहुन्न

१० दिनअघि नै उपकुलपति बरालले दिएको राजीनामा सनाखत नभएपछि प्रधानमन्त्री एवं कुलपति केपी ओलीसमक्ष पेस नभएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १६:२१

२६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामामा सनाखत नभएको पाइएको छ।

१० दिनअघि नै उपकुलपति बरालले दिएको राजीनामा सनाखत नभएपछि प्रधानमन्त्री एवं कुलपति केपी ओलीसमक्ष पेस नभएको हो ।

‘त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा सनाखत नभएको र उहाँ सम्पर्कमा नरहनुभएकोले त्यसबारे प्रधानमन्त्री एवं कुलपतिलाई पेस भएको छैन,’ प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले भने ।

तर बरालले भने आफूले राजीनामा दिएको बताएका छन् । ‘प्रधानमन्त्री कार्यालको सचिवको फोन आएको थियो । मैले राजीनामा दिएको हो,’ बरालले अनलाइनखबरसँग भने ।

उनले अगाडि थपे, ‘सनाखतको कुरा आएको थियो । मैले नै हस्ताक्षर गरेर दिएको हुँ ।अरूले दिएको होइन । । मेरै हातले लेखेर दिएको हुँ भनेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?