+
+
Shares

भुटानी अभिनेत्री उगेन छोदेनको नेपाली फिल्ममा पुनरागमन तय

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १७:१६
मंगलबार काठमाडौंमा आयोजित एक गीत सार्वजनिक गर्न आयोजित समारोहमा उगेन छोदेन (दायाँबाट दोस्रो) ।

काठमाडौं । भुटानी अभिनेत्री उगेन छोदेनले एक ‘अनटाइटल’ नेपाली फिल्म साइन गरेकी छन् । छायांकन दुई महिनापछि सुरु हुने तयारीमा छ ।

उनको डेब्यु नेपाली फिल्म ‘२ नम्बरी’ गतवर्ष प्रदर्शनमा आएको थियो । म्युजिक भिडियोका लागि यसैसाता काठमाडौं आएकी उगेनले अनलाइनखबरसँग कुरा गर्दै आफूले एक नयाँ फिल्ममा साइन गरेको र यसबारे चाँडै जानकारी दिने बताइन् ।

आउँदो मे महिनादेखि फिल्म छायांकन सुरु हुने उनले बताइन् । यसैसाता काठमाडौं आएकी छोदेन केही दिनमा थिम्पु फर्किने तयारी छ । अनि फिल्मको लागि दुई महिनामा पुनः आउनेछिन् ।

छोदेनले अभिनय गरेको म्युजिक भिडियो ‘माया के हो’ मंगलबार युट्युबमा सार्वजनिक भएको छ । सुरेश लामा र त्रिशला गुरुङको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा आकाश श्रेष्ठसँग छोदेन देखिएकी छन् ।

‘मैले सहजताका साथ काम गरें । यो टिम निकै सरल र सहयोगी छन् । म फिल्मपछि गीतमा देखिन पाउँदा उत्साहित छु, म नेपाली फिल्म र गीतसङगीतमा काम गर्न सधै तयार छु । मैले नेपालबाट पाइरहेको माया अमल्य छ, म कृतज्ञ छु’, उनले भनिन् ।

प्रेमराजा अधिकारीको शब्द रहेको गीतको भिडियोलाई कुलेखानीको मनोरम दृश्यमा छायांकन गरिएको छ । निर्देशक निकेश खड्काले गीतको भावअनुसार नै भिडियो तयार भएको बताए ।

संगीतकार पोखरेलले पछिल्लो समय देखिएको रोमान्टिक गीतको कमीलाई यस गीतले पुरा गर्ने बताए । ‘पछिल्लो समय सामाजिक विषयवस्तुका फिल्म बढी बनिरहेको सन्दर्भमा कम रोमान्टिक गीत कम सुनिन थालेको छ । रोमान्टिक गीतको प्रतीक्षामा रहेका दर्शकलाई यसले तृप्त बनाउँछ जस्तो लागेको छ । गीतको अडियो झैँ भिडियो पनि रोमान्टिक बनेको छ’, उनले भने ।

अभिनेता श्रेष्ठले आफूले केही समयको अन्तरालमा भिडियोमा काम गरेको बताए । ‘मेरो बीचको केही ग्यापलाई यो गीतले न्याय गर्छ जस्तो लागेको छ’, अभिनेता श्रेष्ठले भने । ङागस्तो दोर्जी योञ्जनले भिडियो निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?