
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्येरेन्स कम्पनीले ‘ई–कर्जा’ र आफ्ना बीमित तथा अभिकर्ताका लागि विशेष सुविधा दिन ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ सुरुवात गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीले सूर्यज्योति केयर्स डिजिटल कार्ड र ई–कर्जाका फाइदा, यसका मापदण्ड र सेवा लिने विधिबारेमा विस्तृत जानकारी दिए ।
कम्पनीले सधैं नवीनतम प्रविधिमा जोड दिँदै सेवामा परिमार्जन र परिष्कृत गर्दै लैजाने उनको भनाइ छ । साथै, दाबी भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर कम्पनी अगाडि बढेको बताए ।
सूर्यज्योतिले बीमितलाई अझ सरल तथा सहज ढंगले सेवा दिने हेतुले बीमालेख बापत प्राप्त हुने कर्जासम्बन्धी नयाँ प्रविधिमैत्री अनलाइन मार्फत लोन लिन सकिने जनाएको छ ।
कम्पनीका अनुसार बीमालेख जारी मिति ३ वर्ष प२रा भएपछि र ३ वर्षको बीमा शुल्क प्राप्त भएपछि कर्जा रकम दिइने, नगद मूल्य रकमको अधिकतम ९० प्रतिशतसम्म कर्जा लिन सकिने, अनलाइन मार्फत जुनसुकै समयमा र जुनसुकै ठाउँबाट सहज र सरल किसिमले कर्जाका लागि आवेदन दिन सकिने, एक क्लिकमा रियल टाइममा नै खल्ती वालेट मार्फत कर्जा रकम प्राप्त गर्न सकिने र हाललाई कर्जा रकम अधिकतम ५० हजारमात्र प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले आफ्ना बीमित तथा अभिकर्तालाई सुविधा दिने उद्देश्यले सूर्यज्योति केयर्स डिजिटल कार्ड पनि सुरुवात गरेको जनाएको छ । तोकिएका मापदण्ड पूरा गरेका बीमित तथा अभिकर्तालाई सूर्यज्योति मोबाइल एपमार्फत डिजिटल कार्ड प्रदान गरिने, कम्पनीसँग सम्झौता भएका विभिन्न सेवा प्रदायक संस्थाबाट विशेष छुट तथा सुविधा प्राप्त गर्न सकिने र अस्पताल, स्वास्थ्य परीक्षण प्रयोगशा, होटल, शैक्षिक संस्था, डिपार्टमेन्ट स्टोर लगायत सेवा प्रदायकसँग सम्झौता गरिएको कम्पनीले जानकारी दिएको छ ।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले उच्च प्रविधियुक्त प्रडक्ट निर्माण गर्ने सूर्यज्योतिको पहललाई प्रशंसनीय र कदरयोग्य बताए । नवप्रवर्द्धन र नवीनतम चिज आविष्कारको विस्तार विकासमा बीमा प्राधिकरण सधैं साथमा उभिएको र अभिभावकत्व निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सूर्यज्योतिको डिजिटल सर्भिस अत्यन्तै प्रशंसनीय र आमबीमितका लागि महत्त्वपूर्ण रहेको बताए । बीमा प्रडक्टलाई लिक्विड बनाउने गरी फिंगरटिपबाट लोन लिने मेकानिज्म राम्रो रहेको र यसले बीमितलाई तत्काल आवश्यकता परेका बेला बीमा कम्पनीसम्म नपुगी सेवा प्राप्त गर्न सकिने सन्देश दिने बताए ।
सूर्यज्योति लाइफका अध्यक्ष केशवप्रसाद भट्टराईले बीमा प्राधिकरणले गरेको प्रतिबद्धताले अझ जिम्मेवार र उत्साहित भएको बताए । उनले जीवन बीमा क्षेत्रमा नयाँ–नयाँ प्रविधिमैत्री सेवा ल्याउँदै जाने, परिमार्जित र परिष्कृत ढंगले अघि बढ्दै जाने बताए ।
प्रतिक्रिया 4